site stats
बाह्रखरी :: Baahrakhari
खेल
एसियाली खेदकुदमा क्रिकेटले पायो निरन्तरता

काठमाडौं । आगामी वर्ष जापानमा हुने एसियाली खेलकुदमा क्रिकेटले निरन्तरता पाएको छ ।

बुधबार एसियन ओलम्पिक कमिटी (ओसीए)ले आइची–नागोयामा हुने एसियाली खेलकुदमा क्रिकेटलाई राख्ने निर्णय गरेको हो । ओसीएका अनुसार, यस एसियाली खेलकुदमा क्रिकेट ट्वान्टी–२० संरचनामा आयोजना हुनेछ । २०औँ एसियाली खेलकुद जापानमा आगामी वर्ष सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म आयोजना हुने तालिका छ ।

एसियाली खेलकुदमा क्रिकेट समावेश भएको यो चौथोपटक हो । यसअघि सन् २०१०, २०१४ र २०२२ मा आयोजित यो बृहत् खेलकुद प्रतियोगितामा क्रिकेट समावेश गरिएको थियो ।

यसअघि सन् २०२२ को एसियाली खेलकुदमा क्रिकेटले प्रवेश पाउँदा भारतले फाइनलमा अफगानिस्तानलाई हराउँदै स्वर्ण जितेको थियो । उक्त प्रतियोगितामा नेपालले पनि क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो ।

 

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १६:०४
प्रतिक्रिया दिनुहोस्