site stats
बाह्रखरी :: Baahrakhari
खेल
चेन्नाईलाई हराउँदै राजस्थानको सुखद अन्त्य

काठमाडौं । राजस्थान रोयल्सले जितसहित इन्डियन प्रिमियर लिग (आईपीएल)–२०२५ सिजन अन्त्य गरेको छ । राजस्थानले मंगलबार लिग चरणको आफ्नो अन्तिम खेलमा चेन्नाई सुपर किंग्सविरुद्ध ६ विकेटको जित निकाल्दै यो सिजनको अन्त्य गरेको हो ।

दिल्लीमा भएको खेलमा चेन्नाईले प्रस्तुत गरेको १८८ रनको लक्ष्य राजस्थानले १७ बल बाँकी छँदै चार विकेट गुमाएर पूरा गर्‍यो ।

राजस्थानको जितमा वैभव सूर्यवंशीले ३३ बलमा चार चौका र चार छक्कासहित ५७ रन जोडे । कप्तान सञ्जु सामसनले ४१, यशस्वी जैसवालले ३६, ध्रुव जुरेलले ३१ र सिम्रन हेटमायरले १२ रन थपे ।

चेन्नाईका रविचन्द्रन आश्विनले दुई विकेट लिए । असुल कम्बोज र नुर अहमेदले समान एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको चेन्नाईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८७ रन बनाएको थियो ।

चेन्नाईका आयुश महात्रेले ४३ रन बनाए । देवाल्ड ब्रेविसले ४२, शिभव दुवेले ३९, कप्तान महेन्द्रसिंह धोनीले १६ र रविचन्द्रन आश्विनले १३ रन थपे । 

राजस्थानका युद्धविर सिंह र आकाश माधवलले समान तीन विकेट लिए । तुसार देशपाण्डे र वनिन्दु हसरंगाले एक/एक विकेट लिए ।

जितसँगै १४ खेलबाट आठ अंक जोडेको राजस्थान तालिकाको नवौँ स्थानमा रह्यो । १३ खेलबाट ६ अंकको चेन्नाई १०औँ स्थानमा छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  २३:५९
प्रतिक्रिया दिनुहोस्