site stats
बाह्रखरी :: Baahrakhari
खेल
ग्लोबल क्वालिफायरमा छनोट भएको नेपाली टिम आज स्वदेश फर्किंदै

काठमाडौं । थाइल्यान्डमा भएको आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटबाट ग्लोबल क्वालिफायरमा छनोट भएको नेपाली टिम आज स्वदेश फर्किंदै छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार, नेपाली टिम आज साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिने तालिका छ । 

नेपाली टिमले प्रतियोगिताको सुपर–३ मा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध पाँच विकेटको जित निकाल्दै ग्लोबल क्वालिफायरमा स्थान बनाएको थियो । सुपर–३ को अन्तिम खेलमा भने नेपाली टिम थाइल्यान्डसँग ७८ रनले पराजित भएको थियो ।

त्यसअघि, समूह चरणका चार खेलमध्ये नेपालले दुई खेलमा जित निकालेको थियो । यस्तै, एक खेलमा पराजित हुँदा एक खेल भने रद्द भएको थियो ।

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  १२:०९
प्रतिक्रिया दिनुहोस्