
काठमाडौं । चलचित्र ‘जन्ते बाख्रो’को शीर्ष गीत ‘मुकु मुकु म्याँ’ सार्वजनिक गरिएको छ । गीतमा कृष्ण भारद्वाज र निर्भिकल्पमको शब्दरचना छ । कृष्ण भारद्वाजको स्वर र रिकेश गुरुङको संगीत छ ।
नेपाली ग्रामीण परम्परा र सांस्कृतिलाई चित्रण गरिएको गीतमा सिनेमाका मुख्य कलाकार सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, लोकेन्द्र लेखक, विशाल पहाडीलगायत फिचर्ड छन् ।
‘जन्ते बाख्रो’लाई सिमोश सुनुवारले निर्देशन गरेका छन् । चलचित्रमा रमेश शाह, कमल देवकोटा, रुषा न्यौपाने, रमा थपलिया, कुसुम शर्मालगायत कलाकारको पनि अभिनय छ ।
मुइन इन्टरटेनमेन्टको प्रस्तुतिमा तयार भएको चलचित्र ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा आधारित छ । सन्तोष गौतमको निर्माण रहेको चलचित्रलाई प्रदीप भारद्वाजले लेखेका हुन् ।
चलचित्रमा हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन, सुनील शिवभक्तिको सम्पादन रहेको छ । यो चलचित्र जेठ २३ रिलिज हुँदै छ ।