
काठमाडौं । राजेश हमालका लागि यो जेठ महिना विशेष हुने भएको छ । तीन कारणले यो जेठ महिना उनका लागि विशेष हुने भएको हो ।
राजेश हमाल यही जेठमा आठ वर्षपछि सेतो पर्दामा फर्किंदै छन् । जेठ ९ गते राजेशको अभिनय रहेको चलचित्र ‘नरसिंहा अवतार’ रिलिज हुँदै छ । आठ वर्षसम्म ‘ग्याप’ लिएर बसेका उनी पुनः रजतपटमा देखिने भएका छन् ।
यतिबेला ‘नरसिंहा अवतार’को रिलिजलाई राजेश हमालको कमब्याकका रूपमा हेरिएको छ । त्यसैले उनका लागि यो विशेष भयो । ‘नरसिंहा अवतार’लाई दिवाकर भट्टराईले निर्देशन गरेका छन् ।
राजेशका लागि जेठ महिना विशेष हुनुको अर्को कारण हो, उनको जन्मदिन । राजेशको जन्म महिना जेठ नै हो । जेठ २६ गते उनको जन्म दिन परेको छ । त्यसैले जेठ महिना राजेशका लागि विशेष हुनुको दोस्रो कारण उनको जन्मदिन हो ।
राजेशका लागि जेठ महिना विशेष हुनुको अर्को कारण हो, उनको आत्मकथा । राजेशको आत्मकथा उनको जन्मदिनको अवसर पारेर जेठ २६ गते सार्वजनिक हुँदै छ ।
आत्मकथाको नाम राखिएको छ, ‘युगदेखि युगसम्म : राजेश हमालसँग यज्ञस’ । आत्मकथा लेखेका छन्, पत्रकार तथा समीक्षक यज्ञस पण्डितले ।
‘युगदेखि युगसम्म’ उनको पहिलो चलचित्र हो । उनको चलचित्र करिअर र बाल्यकालको जीवन समेटेर आत्मकथा तयार पारिएको छ । यी तीन कारणले यो वर्षको जेठ महिना राजेश हमालका लागि विशेष बनेको छ ।