site stats
बाह्रखरी :: Baahrakhari
खेल
प्लेअफको अन्तिम एक स्थानका निम्ति भिड्दै मुम्बई र दिल्ली

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)–२०२५ मा प्लेअफ यात्रा तय गर्न आज मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स भिड्दै छन् ।

प्रतियोगिताको अंक तालिकाको यी दुई टिम चौथो र पाँचौँ स्थानमा छन् । १२ खेलबाट १४ अंक जोडेको मुम्बई तालिकाको चौथो स्थानमा छ । समान खेलबाट १३ अंक बनाएको दिल्ली तालिकाको पाँचौँ स्थानमा छ ।

आजको खेलमा जित निकाले मुम्बई प्रतियोगिताको प्लेअफमा पुग्ने चौथो टोली बन्नेछ । तर, पराजित भए दिल्ली र पञ्जावबीचको खेलमा निर्भर रहनुपर्ने समीकरण छ । 

यता, दिल्ली पनि आजको खेलमा जित निकाल्दै प्लेअफ सम्भावनालाई बलियो बनाउने लक्ष्यसाथ मैदान उत्रिँदै छ । 

प्रतियोगितामा यसअघि नै शीर्ष स्थानको गुजरात टाइटन्स, दोस्रो स्थानको रोयल च्यालेन्जर्स बेंगलुरु र पञ्जाव किंग्सले प्लेअफमा स्थान बनाइसकेका छन् ।

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  १२:२१
प्रतिक्रिया दिनुहोस्