site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पानीजहाज विधेयकसम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभामा पेस

काठमाडौं । राष्ट्रियसभा ‘पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन’ पेस भएको छ । आज बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले प्रतिवेदन पेस गरेका हुन् ।

बैठकमा राष्ट्रियसभा सचिव डा. सुरेन्द्र अर्यालले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गरे । राष्ट्रियसभामा उत्पत्ति भएको विधेयक माथिल्लो सभाबाट विसं २०८० माघ २९ गते पारित भएको थियो । विधेयक प्रतिनिधिसभाबाट यही जेठ ४ गते पारित भएको हो ।

बैठकमा अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराए । रासस

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  १५:५९
प्रतिक्रिया दिनुहोस्