site stats
बाह्रखरी :: Baahrakhari
खेल
मलेसियासँग नेपाल २–० ले पराजित

काठमाडौं । एएफसी एसियन कप क्वालिफायरमा मलेसियाविरुद्ध नेपालले २–० को हार बेहोरेको छ ।

मंगलबार मलेसियाको सुल्तान इब्राहिम रंगशालामा सम्पन्न खेलमा घरेलु टिमलाई जित दिलाउन हेक्टर हेभल र ला भेरे कोर्बिन–ओनङले गोल गरे । मलेसियाले पहिलो हाफ र दोस्रो हाफमा समान एक गोल गरेको हो ।

२९औँ मिनेटमा हेक्टर हेभलले गोल गर्दै घरेलु टिमलाई अग्रतामा राखेका थिए । मलेसियन टिमबाट हेभलको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो । उनको प्रहार नेपाली खेलाडीबाट डिफ्लेक्ट हुँदै गोल भएको हो ।

७०औँ मिनेटमा कोर्बिन–ओनङले घरेलु टिमको अग्रता दोब्बर बनाए ।

खेलको अधिकांश समय रक्षापंक्तीमा बिताएको नेपालले कुनै पनि समय गतिलो आक्रमण बुन्न सकेन ।

फिफा वरीयतामा मलेसिया नेपालभन्दा ४३ स्थान माथि छ । नेपालले हालसम्म मलेसियालाई हराउन सकेको छैन ।

 

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  २१:५३
प्रतिक्रिया दिनुहोस्