site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बरूण हाइड्रोपावरलाई सतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बरूण हाइड्रोपावर कम्पनी लिमिटेडलाई सतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले उक्त कम्पनीलाई मंगलबार (जेठ ६ गते) प्रतिसेयर १०० रुपैयाँका दरले ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो ।

हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड छ । बिक्री प्रबन्धकले अब हकप्रद सेयर निष्कासनसम्बन्धी व्यवस्था र विवरणहरू प्रकाशन गर्नेछ । 

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  १६:२७
प्रतिक्रिया दिनुहोस्