अर्थ व्यवसाय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद तथा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर कानुनविपरीत नियुक्त गरेको बताएका छन् । बुधबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै शाहीले समिति बनाएरै छानबिन गर्नुपर्ने बताए ।
उनले नवनियुक्त गभर्नर विश्वनाथ पौडेल गभर्नर बन्न अयोग्य रहेको बताए । “राष्ट्र बैंक ऐनमा गभर्नर बन्न कुनै पनि राजनीतिक पार्टीको सदस्य हुन नहुने व्यवस्था छ, गभर्नर पौडेलसँग मौद्रिक नीतिको ज्ञान समेत छैन,” उनले भने, “उनको पढाइ कृषि अर्थशास्त्रमा रहेको छ । संसदीय समिति नै बनाएर छानबिन गरौँ । उहाँ चुनाव हारेको मान्छे हो ।”
प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२ १९:२४
प्रतिक्रिया दिनुहोस्