site stats
बाह्रखरी :: Baahrakhari
खेल
विश्वकप वार्मअप : नेपाल र क्यानडाको खेल आज 
फाइल तस्बिर ।

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत आज नेपाल र क्यानडा खेल्दै छन् । आजदेखि सुरु हुने वार्मअप खेलमा नेपालले क्यानडासँग खेल्न लागेको हो । 

नेपाली समयअनुसार राति सवा ९ बजे अमेरिकाको डल्लासस्थित क्रिकेट मैदानमा खेल सुरु हुनेछ ।

आईसीसीको टी–२० वरीयतामा नेपाल १७औँ स्थानमा छ । क्यानडा २३औँ स्थानमा रहेको छ ।
 

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  ०८:०१
प्रतिक्रिया दिनुहोस्