site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पेरुका पूर्वराष्ट्रपति फुजिमोरी रिहा
तस्बिर : रोयटर्स ।
Argakhachi Cement Island Ad

लिमा । पेरुका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरी बुधबार रिहा भएका छन् । मानवताविरुद्धको अपराधमा उनले २५ वर्षे जेल सजाय भोगिरहेका थिए । संवैधानिक अदालतले मंगलबार ‘तत्काल रिहा’ आदेश जारी गरेपछि उनी जेलमुक्त भएका हुन् ।

फुजिमोरी साँझ ६ः३० बजे लिमाको एटे जिल्लास्थित बार्बाडिलो कारागारबाट बाहिर निस्किएका हुन् । रिहाइपछि उनलाई परिवारका सदस्यहरू केइको र केन्जी फुजिमोरीले भेटेका थिए ।

केही समयअघि नेसनल पेनिटेन्सियरी इन्स्टिच्युटले सामाजिक सञ्जालमार्फत उनको रिहाइको प्रक्रिया अगाडि बढेको जनाएको थियो । रासस/सिन्ह्वा

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १२:०३
प्रतिक्रिया दिनुहोस्