site stats
बाह्रखरी :: Baahrakhari
खेल
घरेलु लिगमा रियालको सुखद अन्त्य, ला लिगाबाट मोड्रिच र एन्सेलोट्टीको बिदाइ

काठमाडौं । रियाल मड्रिडले स्पेनिस ला लिगाको अन्तिम खेलमा रियाल सोसिडाडलाई २–० ले हराउँदै प्रशिक्षक कार्लो एन्सेलोट्टी र मिडफिल्डर लुका मोड्रिचको सुखद बिदाइ गरेको छ ।

एन्सेलोटीले अब ब्राजिलको राष्ट्रिय टिम सम्हाल्ने छन् । मोड्रिचले आगामी महिना अमेरिकामा आयोजना हुने क्लब विश्वकपपछि क्लब छाड्ने निश्चित भइसकेको छ ।

Argakhachi Cement Island Ad

खेलको १०औँ मिनेटमा दर्शकहरूले उभिएर मोड्रिच, मोड्रिच भन्दै नारा लगाएका थिए । ८७औँ मिनेटमा उनी मैदानबाट बाहिरिँदा दुवै टोलीका खेलाडीले उनलाई गार्ड अफ अनर दिए ।

यसैगरी रक्षक लुकास भास्क्वेजले पनि रियाल छाड्ने भएका छन् ।

घरेलु मैदान स्यान्टियागो बर्नबेउमा घरेलु टोली रियाललाई जित दिलाउन दुवै गोल किलियन एमबाप्पेले गरे ।

खेलको ३८औँ मिनेटमा एमबाप्पेको पेनाल्टी प्रहारलाई उनाई मारेरोले बचाएका थिए, तर रिबाउन्डमा गोल गर्दै एमबाप्पेले नै रियाललाई अग्रता दिलाए ।

एमबाप्पलेले ८३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै रियाललाई सहज जित दिलाए । उनले भिनिसियस जुनियरको पासलाई पोस्टको दिशा दिए । 

जितसँगै रियालले ३८ खेलमा चार अंकका साथ दोस्रो स्थानमा रहँदै ला लिगाको अन्त्य गरेको छ । पराजित सोसिडाड समान खेलबाट चार अंकका साथ ११औँ स्थानमा छ ।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  ०९:२०
प्रतिक्रिया दिनुहोस्