site stats
बाह्रखरी :: Baahrakhari
खेल
हारबाट जोगियो मियामी

काठमाडौं । इन्जुरी समयमा टेलास्को सेगोभियाले बराबरी गोल फर्काएपछि मेजर लिग सकर (एमएलएस)मा इन्टर मियामी हारबाट जोगिएको छ । 

आइतबार बिहान मियामी र फिलाडेल्फियाले ३–३ को बराबरी खेल्दै अंक बाँडेका हुन् । फिलाडेल्फियाको मैदानमा भएको खेलमा क्विइन सुलिभानले गोल गर्दै घरेलु टिमलाई अग्रतामा राखेका थिए । ४४औँ मिनेटमा टाई बारिबोले गोल गरेपछि फिलाडेल्फियाले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो । 

Argakhachi Cement Island Ad

६०औँ मिनेटमा टाडेओ एलेन्डेले गोल गर्दै मियामीलाई २–१ को स्थितिमा ल्याए । तर, ७३औँ मिनेटमा बारिबोले दोस्रो गोल गरेपछि फिलाडेल्फियाले अग्रतालाई पुनः ३–१ का राखेको थियो । 

८७औँ मिनेटमा मेसीले गोल गर्दै मियामीलाई ३–२ को स्थितिमा ल्याए । यस्तै, इन्जुरी समयमा सेगोभियाले गोल गरेपछि मियामीले हार टारेको हो । 

जारी सिजनमा मियामीको यो पाँचौँ बराबरी हो । कुल १४ खेल खेलेको मियामीले ६ जित र तीन हारसमित २३ अंक जोडेको छ । मियामी तालिकाको छैटौँ स्थानमा छ । 

एमएलएस इस्र्टन कन्फेरेन्सको शीर्ष स्थानमा आसिन फिलाडेल्फियाले भने १५ खेलबाट ३० अंक जोडेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १०:५२
प्रतिक्रिया दिनुहोस्