अर्थ व्यवसाय

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष ०८२/८३ को बजेटसँग सम्बन्धित आर्थिक सर्वेक्षण, संस्थानहरूको प्रगति, मन्त्रालयगत प्रगतिलगायत विवरण प्रकाशन गर्न लागेको छ । मन्त्रालयले विज्ञप्ति जारी गरेर यसको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
त्यस्तै, प्राविधिक सहायता परिचालनसम्बन्धी विवरणको तयारी पनि अन्तिम चरणमा पुगेको अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
बजेट वक्तव्यसहित व्यय अनुमान, आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयकलगायतको पनि तयारी जारी रहेको बताइएको छ ।
यसअघि अर्थ मन्त्रालयले आर्थिक वर्ष ०८२/८३ को बजेट सिद्धान्त तथा प्राथमिकता संसद्मा पेस गरिसकेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२ १४:२०
प्रतिक्रिया दिनुहोस्