site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एमएडब्लू वृद्धि स्पिड चार्जर्सको जोमसोममा सीसीएस२ ईभी चार्जिङ स्टेसन

काठमाडौं । एमएडब्लू वृद्धि स्पिड चार्जर्सले जोमसोममा सीसीएस२ इलेक्ट्रिक गाडी (ईभी) चार्जिङ स्टेसन औपचारिक रूपमा उद्घाटन गरेको छ । 

जुन अब उच्च भूभागमा रहेका चार्जिङ स्टेसनहरूमा समावेश भएको छ। यो उपलब्धिले दुर्गम र कठिन भौगोलिक स्थानमा पनि ईभी पूर्वाधार विकासमा कम्पनीको महत्त्वपूर्ण भूमिका पुष्टि गरेको कम्पनीले जनाएको छ ।

Argakhachi Cement Island Ad

जोमसोममा स्थापना गरिएको चार्जिङ स्टेसन केबल इन्जिनियरिङ उपलब्धि मात्र नभई, नेपालमा विद्युतीय सवारी साधन (ईभी) विकासको सुरुवाती कदम भएको कम्पनीले जनाएको छ ।  

एमएडब्लू वृद्धिले हाल नेपालभर ११६ स्थानमा रणनीतिक रूपमा राखिएका सीसीएस२ चार्जिङ स्टेसनहरू सञ्चालनमा ल्याएको छ । 

यस पहलले ईभी पूर्वाधार सुदृढ गर्नुका साथै जोमसोमजस्तो लोकप्रिय पर्यटकीय गन्तव्यमा दिगो पर्यटनलाई पनि प्रवर्द्धन गर्छ। जोमसोम नेपालको धेरै यात्रा गरिने ठाउँमध्ये एक हो, जहाँ स्वदेशी र विदेशी पर्यटकहरूको भीड लाग्ने गर्दछ ।

पर्यावरणप्रेमी यात्रुका लागि वातावरणमैत्री यात्रालाई सहज बनाउने दिशामा यो चार्जिङ स्टेसनको स्थापना एक ठूलो कदम भएको बताइएको छ । 

समग्रमा, इनोभेसन र डिटरमिनेसको उत्कृष्ट सम्मिश्रण देखिने यो उपलब्धिले ईभी प्रयोगकर्ता, वातावरणप्रेमी र सरकारी नीति निर्माताबीच ठूलो विश्वास बढाउने कम्पनीको विश्वास छ । 

नेपालको पहिलो विद्युतीय सवारी साधन (ईभी) चार्जिङ नेटवर्कको रूपमा एमएडब्लू स्पिड चार्जर्सले दिगो मोबिलिटीतर्फ परिवर्तनको नेतृत्व गरिरहेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १७:५६
प्रतिक्रिया दिनुहोस्