
काठमाडौं । प्रभु बैंक लिमिटेड र इला कम्फर्ट होटेल एन्ड रिसोर्टबीच व्यावसायिक साझेदारीसम्बन्धी सम्झौता भएको छ । बैंक र रिसोर्टबीच आइतबार (जेठ १२ गते) आफ्ना कर्मचारी तथा ग्राहकवर्गलक्षित गरी उपलब्ध सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो ।
इला कम्फर्ट होटल एन्ड रिसोर्टका तर्फबाट महाप्रबन्धक बुद्धिप्रसाद तिवारी र प्रभु बैंकका तर्फबाट बैंकका प्रमुख क्षेत्रीय व्यापार अधिकृत (एनबीसीओ) राजु रानाले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीले बैंकको डेबिड/क्रेडिट कार्ड तथा बैंकको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा इला कम्फर्ट होटल एन्ड रिसोर्टमा उपलब्ध आवास सेवामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै, खाना तथा मनोरञ्जनलगायत सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बाग्लुङ, पर्यटकीय क्षेत्रका लागि प्रसिद्ध छ ।
बाग्लुङमा पञ्चकोट, शालिग्राम संग्रहालय तथा अन्य पर्यटकीय ठाउँको अवलोकनका लागि विभिन्न ठाउँबाट पनि पर्यटकको आवतजावत हुने गर्दछ ।
प्रभु बैंक तथा इला कम्फर्ट होटल एन्ड रिसोर्टबीच भएको योे साझेदारीले बाग्लुङको पर्यटन प्रवर्द्धन हुनुका साथै प्रभु बैंकका ग्राहक पनि लाभान्वित हुने बताइएको छ ।