विदेश

काठमाडौं । युक्रेनका धेरै ठाउँमा रुसी हवाई आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ । आक्रमणमा ५६ जना घाइते भएका युक्रेनी अधिकारीहरूले दिएका छन् ।
युक्रेनी वायुसेनाले रुसले देशको राजधानी कीभमा २५० ड्रोन र १४ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको बताएको छ । रुसको यो आक्रमणका कारण धेरै आवासीय भवनहरूमा आगलागी भएको छ ।
वायुसेनाले ६ वटा मिसाइल र २४५ वटा ड्रोन खसालेको बताएको छ । रुसी हवाई आक्रमणका कारण किभमा १४ जना घाइते भएका छन् ।
आक्रमणको बारेमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखे, "प्रत्येक आक्रमणसँगै, विश्व युद्धलाई लम्ब्याउनुमा मस्को (रूस) जिम्मेवार छ भन्ने कुरामा विश्वस्त हुँदै गइरहेको छ ।"
प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२ ०७:४०
प्रतिक्रिया दिनुहोस्