site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्रधानमन्त्रीले गरे कोसी लगानी सम्मेलन उद्घाटन 

विराटनगर । कोसी प्रदेशमा लगानी सम्मेलन सुरु भएको छ । बिहीबार (वैशाख १८) प्रधानमन्त्री केपी ओलीले विराटनगरमा सम्मेलन उद्घाटन गरेका हुन् ।

कोसी प्रदेशमा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो । सम्मेलन दुई दिनसम्म चल्नेछ ।

उद्घाटन समारोहमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उपयुक्त वातावरण बने लगानी गर्न आउने भन्ने निजीक्षेत्र र लगानीकर्ताले इच्छा देखाएपछि सम्मेलन आयोजना गरिएको बताए । उनले भने, “आठ क्षेत्रका ७१ परियोजना सम्मेलनमा प्रस्तुत गरिनेछ । सकारात्मक वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध छ ।”

समृद्ध कोसी बनाउन प्रदेश सरकार योजनागत रूपमा अघि बढेको उनले बताए । प्रदेश सरकारले प्रस्तुत गरेका योजना एक खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँका छन् ।

सम्मेलनक्रममा दुई दर्जनभन्दा धेरै परियोजनामा सम्झौता (एमओयू) हुने प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सरोज कोइरालाले बताए ।

प्रदेश सरकारले यी परियोजना सफल बनाउन अध्यादेशमार्फत आठ कानुन संशोधन गरेको छ । यसले प्रदेशमा लगानी गर्दा आइपर्ने झन्झट अन्त्य हुने अपेक्षा गरिएको उनले उल्लेख गरे ।

लगानी सम्मेलनलाई मध्यनजगर गर्दै कोसी सरकारले मंगलबार (वैशाख १६) विभिन्न आठ ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गरी राजपत्रमा प्रकाशन गरिसकेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  १३:१८
प्रतिक्रिया दिनुहोस्