site stats
बाह्रखरी :: Baahrakhari
खेल
पोखरा स्पोर्टस् अवार्ड : चार विधामा मनोनयन सार्वजनिक

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बर्सेनि आयोजना गर्दै आएको पोखरा स्पोर्टस अवार्डको नवौँ संस्करण यही वैशाख २६ गते पोखरामा हुँदैछ । मञ्चले बुधबार अवार्डअन्तर्गत चार विधामा मनोनयन सार्वजनिक गरेको छ ।

वर्ष उत्कृष्ट खेलाडी महिलामा भलिबलका अरुणा शाही (म्याग्दी), फेन्सिङका कृपा गुरुङ (स्याङ्जा) र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा (बाग्लुङ) मनोनयनमा परेका छन् । यसैगरी वर्ष उत्कृष्ट खेलाडी पुरुषतर्फ भलिबलका विश्वास अधिकारी (नवलपुर), टेनिसका प्रदीप खड्का (कास्की) र फुटबलका सुमित श्रेष्ठ (कास्की) मनोनयनमा परेका छन् ।

उदीयमान खेलाडीतर्फ एथलेटिक्सका बादल कार्की (बाग्लुङ), भलिबलका जीतबहादुर सार्की (स्याङ्जा) र क्रिकेटमा रचना चौधरी (कास्की) तथा वर्ष उत्कृष्ट प्रशिक्षक विधामा टेनिसका निरज थापा (कास्की), रमेश केसी (स्याङ्जा) र फुटबलका राजेन्द्र तामाङ (कास्की) मनोनयनमा परेका छन् ।

अवार्ड कार्यक्रममार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अभिप्रेरित गर्ने उद्देश्यले बर्सेनि अवार्ड प्रदान गर्दै आइएको मञ्चका अध्यक्ष मानबहादुर घर्तीले बताए ।

अवार्डको तयारीका लागि अध्यक्ष घर्ती संयोजक र राजाराम पौडेल सहसंयोजक रहेको मूल आयोजक समिति तथा विभिन्न १२ वटा उपसमितिका संयोजक समेत चयन गरेको छ ।

 

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  २३:४३
प्रतिक्रिया दिनुहोस्