site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्यले एक लाख ९० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज फेरि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबारको तुलनामा सुन एकैदिन तीन हजार ६०० रुपैयाँ बढेको हो । बुधबार सुन प्रतितोला एक लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी एक हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  ११:४६
प्रतिक्रिया दिनुहोस्