site stats
बाह्रखरी :: Baahrakhari
खेल
ललितपुर र झापाको खेल बराबरीमा सकियो

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत बुधबार भएको ललितपुर सिटी एफसी र झापा एफसीबीचको खेल बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले १–१ को बराबरीमा खेलेका हुन् । यस खेलसँगै ६ खेलमा १२ अंक जोडेको ललितपुर शीर्ष स्थानमा उक्लिएको छ । जितविहीन बनेको झापाले समान खेलबाट पाँच अंकका साथ छैटौँ स्थानमा रहेर लिगको अन्त्य गरेको छ ।

ललितपुरले अब क्वालिफायरमा धनगढी एफसीको सामना गर्नेछ । ललितपुरका लागि नवीन लामा र झापाका लागि कप्तान लाकेन लिम्बूले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको हो । खेलको ५४औँ मिनेटमा नवीनको गोलमार्फत ललितपुरले पहिलो अग्रता लिएको लियो ।

त्यसपछि खेल ६५औँ मिनेटमा लाकेन गोल गर्दै झापालाई बराबरीमा ल्याए । बिहीबार चितवन र धनगढीबीच प्रतिस्पर्धा हुनेछ ।

 

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  २२:१२
प्रतिक्रिया दिनुहोस्