site stats
बाह्रखरी :: Baahrakhari
कला
‘दुस्मन हेरेको हेर्‍यै’मा दुर्गेशले पललाई गरेका थिए ‘अफर’

काठमाडौं । गायक तथा पफर्मर दुर्गेश थापाले आफूले पल शाहलाई आफ्नो गीतको म्युजिक भिडियोमा अभिनयका लागि ‘अफर’ गरेको बताएका छन् । 

दुर्गेशको अहिलेको सार्वाधिक चर्चित गीत ‘दुस्मन हेरेको हेर्‍यै’ गीतको भिडियोमा आफूले पललाई ‘अफर’ गरेको बताएका हुन् । 

आफ्नो ‘दुस्मन हेरेको हेर्‍यै’ गीतमा सहकार्य गरौँ भनेर भनेको उनले बताए । “फोकटमा दुस्मन भनेर भन्ने वातावरण किन दिनु भन्ने कुरा गरेको थिएँ । ऊ (पल)बाट होइन अहिले नगरौँ होला भन्ने कुरा आयो,” दुर्गेशले एक टेलिभिजन अन्तर्वार्तामा भनेका छन्, “नगरौँ भनेपछि मैले आफ्नो तरिकाले भिडियो बनाएको हो ।” 

फेसबुक म्यासेन्जरमार्फत आफूले पललाई अफर गरेको उनले बताए । पुराना घटनालाई बिर्सिएर आआफ्नो बाटोमा फर्किनुपर्ने दुर्गेश बताउँछन् । दर्शक तथा स्रोताले पनि त्यही नै चाहेको उनको भनाइ छ । 

पुरानो घटनालाई लिएर बस्न नहुने भन्दै दुर्गेशले आफू सबैको राम्रो होस् भन्ने चाहना राख्ने व्यक्ति भएको बताएका छन् । 

दुर्गेशको ‘दुस्मन हेरेको हेर्‍यै’ गीत चर्चित हुँदा उनी यतिबेला सर्वाधिक व्यस्त गायक बनेका छन् । 

हरेक दिनजसो उनी मेलामहोत्सव तथा स्टेज कार्यक्रममा गीत गाउने गरेका छन् । 

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १०:४४
प्रतिक्रिया दिनुहोस्