site stats
बाह्रखरी :: Baahrakhari
कला
ओभरसिज मार्केटमा बक्सअफिसमै रिलिज हुँदै ‘लाज शरणम्’

काठमाडौं । चलचित्र ‘लाज शरणम्’को अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री भएको छ । टेलिभिजन सिरियल ‘सक्किगो नि’ समूहद्वारा निर्माण गरिएको चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार सेभेन सिज इन्टरनेसनलले खरिद गरेको छ ।

सेभेन सिज इन्टरनेसनलले भारत बाहेकको अन्तर्राष्ट्रिय वितरण अधिकार खरिद गरेको हो । शिवरात्रिको अवसर पारेर फागुन १४ गते प्रदर्शन हुने चलचित्र नेपाल र ओभरसिज मार्केटमा एकै दिन रिलिज हुनेछ । 

“हामीले यो चलचित्र नेपाल र अन्य देशमा एकै दिन रिलिज गर्दै छौँ,” ‘लाज शरणम्’का निर्देशक कुमार कट्टटेलले बाह्रखरीसँग भने, “अमेरिका, अस्ट्रेलियालगायत देशमा पनि हामी बक्सअफिसमै रिलिज गर्नेछौँ ।” ओभरसिज मार्केटमा बक्सअफिसमै रिलिज हुन लागेको ‘लाज शरणम्’ पहिलो नेपाली चलचित्र भने होइन । उनका अनुसार अमेरिका, अस्ट्रेलियालगायत देशमा ‘लाज शरणम्’ बक्सअफिसमै टिकट काटेर हेर्न सकिनेछ । 

‘लाज शरणम्’ अहिले सम्पादनको टेवलमा रहेको निर्देशक कुमारले बताए ।

वितरक प्याट्रिक सुवेदीका अनुसार ‘लाज शरणम’ आगामी फेब्रुअरी २८ र मार्च ७ मा विभिन्न देशहरूमा प्रदर्शन गरिने जानकारी दिए । 

नेपालमा भने यो चलचित्रलाई ब्यांकटेस इन्टरटेनमेन्टले वितरणको जिम्मा लिएको छ । कुमार कट्टेलको निर्देशन रहेको चलचित्रमा सीताराम कट्टेल, विजय बराल, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामासँगै सक्किगोनि टिमबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), कमलमणि नेपाल (खुपीका बाउ) लगायत कलाकारको अभिनय रहनेछ । 

नवीन श्रेष्ठ निर्माता रहेको चलचित्रमा राम नरेश शाह र श्रीजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । चलचित्रमा सुदीप बरालले खिचेका हुन् । 
 

प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  १४:३९
प्रतिक्रिया दिनुहोस्