site stats
बाह्रखरी :: Baahrakhari
खेल
टेबलटेनिस खेलाडी सेलिशाको निधन

काठमाडौं । नेपालकी टेबलटेनिस खेलाडी सेलिशा खड्गीको निधन भएको छ । 

टेबलटेनिस प्रशिक्षक राकेश महर्जनका अनुसार लामो समयदेखि पेटको क्यान्सरबाट पीडित सेलिशाको शुक्रबार निधन भएको हो । 

३० वर्षीया सेलिशाको शुक्रबारै कीर्तिपुरमा अन्त्यष्टि गरिएको छ ।

सेलिशाले नेपालको प्रतिनिधित्व गर्दै सन् २०१५ मा थाइल्यान्डको पटायामा भएको एसियन टेबलटेनिस च्याम्पियन्सीप र सन् २०१६ मा भारतको गुवाहाटी र सिलोङमा भएको १२औँ दक्षिण एसियाली खेलकुद (साग)मा खेलेकी थिइन् । 

सन् २००९ मा भारतको जयपुरमा भएको ओएजीसी दक्षिण एसियाली जुनियर टेबलटेनिस च्याम्पियन्सीपमा सेलिशाले नेपाललाई काश्य पदक दिलाएकी थिइन् । 

प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  ११:२१
प्रतिक्रिया दिनुहोस्