site stats
बाह्रखरी :: Baahrakhari
खेल
राष्ट्रिय फुटबल खेलाडी अमिशा कार्कीलाई एक लाख रुपैयाँसहित सम्मान

काठमाडौं । एसएस फाउन्डेसनले नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर अमिशा कार्कीलाई आज नगदसहित सम्मान गरेको छ ।

महिला साफ च्याम्पियनसिपको फाइनलमा गोल गरेबापत कार्कीलाई आज आयोजित एक कार्यक्रममा एसएस फाउन्डेसनका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले सम्मान गरेका हुन् ।

सम्मान स्वरुप कार्कीले एक लाख प्राप्त गरिन् । अमिशाले यस किसिमको सम्मानले आफूलाई थप हौसला मिलेको बताइन् । अमिशाको प्रदर्शनले नेपाली युवालाई उत्प्रेरणा मिलेको संस्थाले अर्पण गरेको सम्मानपत्रमा उल्लेख छ ।

अमिशाले यही कात्तिक १४ गते भएको बंगलादेशविरुद्धको फाइनल खेलमा नेपालका लागि गोल गरेकी थिइन् । यद्यपि उक्त खेलमा बंगलादेशसँग नेपाल २–१ गोलअन्तरले पराजित हुदै उपविजेता बनेको थियो ।

त्यसैगरी उनले भारतविरुद्धको सेमिफाइनल खेलमा पेनाल्टी सुटआउटमा पनि गोल गरेकी थिइन ।

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०८१  १३:४३
प्रतिक्रिया दिनुहोस्