site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
उद्धार कोषमा थपियो ११ करोडभन्दा बढी रकम

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा थप ११ करोड १२ लाख २२ हजार २३० रुपैयाँ जम्मा गरिएको छ । योसँगै कोषमा रकम एक अर्ब ६२ करोड ९५ लाख ७३ हजार ८३७ रुपैयाँ पुगेको छ ।

केही दिनअघि अविरल वर्षासँगैको बाढीपहिरोले देशभर जनधनको ठूलो क्षति भएको थियो । त्यसपछि सरकारले कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो । उक्त आह्वानपछि कोषमा रकम थपिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, ०८१ असार मसान्तसम्म कोषमा एक खर्ब ५२ करोड ८३ लाख ५१ हजार ६०७ रुपैयाँ ३२ पैसा मौज्दात थियो । बाढीपहिरोपश्चात् सरकारले आह्वान गरेपछि कोषमा थप ११ करोड १२ लाख २२ हजार २३० रुपैयाँ जम्मा भएको हो ।

आइतबार मात्र कोषमा नेपाल बैंक लिमिटेडले दुई करोड, नेपाली कांग्रेसले ५० लाख र नेकपा (एमाले)का तर्फबाट ५० लाख रुपैयाँ जम्मा गरिएको छ ।

कोषमा हालै मात्र कृषि विकास बैंक लिमिटेडबाट एक करोड ५० लाख, नागरिक लगनाी कोषबाट ५१ लाख, एसबिआई बैंकबाट २५ लाख, लाइफ इस्योरेन्स कर्पोरेसनबाट ३१ लाख, नेपाल पूर्वाधार विकास बैंकबाट २५ लाख, ओरियन्टल इन्स्योरेन्सबाट १५ लाख, सिमेक्स इन्क प्रालि (बीवाईडी) कम्पनीबाट ५१ लाख रुपैयाँ जम्मा गरिएको छ ।

यस्तै, सिटिजन्स बैंकले २५ लाख, भाटभटेनी सुपर मार्केटबाट एक करोड ११ लाख ११ हजार १११, राष्ट्रिय वाणिज्य बैंकबाट दुई करोड, युनिलिभर नेपालबाट २० लाख, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट एक लाख ५८ हजार ३१७, दिनेश पौडेलबाट ५० हजार, सीआईएए बुटवलबाट ८९ हजार ४४४ र अरूले एक लाख एक हजार ९४ रुपैयाँ कोषमा जम्मा गरेका जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १७:५२
प्रतिक्रिया दिनुहोस्