site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य तोलामा १७ सय बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । 

बुधबार तोलामा एकैदिन पाँच हजार रुपैयाँ बढेको छापावाल सुन बिहीबार १७ सय रुपैयाँ बढेको हो । 

छापावाल सुन तोलाको एक लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेको छ । बिहीबार चाँदी प्रतितोला दुई हजार २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  १०:४५
प्रतिक्रिया दिनुहोस्