
काठमाडौं । नेपाल र उत्तर भारत सम्मिलित डिस्ट्रिक्ट ४१ को वार्षिक सम्मेलनबाट सन् २०२५ जुलाईदेखि २०२६का लागि टोस्टमास्टर्स डिस्ट्रिक्ट ४१ का लिडरहरूको चयन गरिएको छ । सम्मेलनले क्लब ग्रोथ डाइरेक्टरमा नेपालकी दिप्ती आचार्य निर्वाचित भएकी छिन् । डिस्ट्रिक्ट डाइरेक्टरमा भारतका गौरव चौधरी र कार्यक्रम गुणस्तर डाइरेक्टरको रूपमा श्वेतांक शर्मा निर्वाचित भएका छन् ।
उक्त सम्मेलनमा टेबल टपिक्स र अन्तर्राष्ट्रिय वक्तृत्वकला प्रतियोगिता पनि आयोजना गरिएको थियो । सम्मेलनमा गुरगाउँ, मेरिडियन, दिल्ली एनसीआरबाट डिस्ट्रिक्ट ४१ का टोस्टमास्टर्स भेला भएका थिए ।
डिस्ट्रिक्ट ४१ द्वारा आयोजित सम्मेलनमा ३०० भन्दा बढी सहभागीको उपस्थिति थियोे । नेपालकी मुनाल प्रधानले डिस्ट्रिक्ट डाइरेक्टरका रूपमा सो सम्मेलनको अध्यक्षता गरेकी थिइन् ।
टेबल टपिक्स वक्तृत्वकलामा नेपालकी सम्पदा रेग्मी प्रथम, साहिल बराल दोस्रो र देवांश तेस्रो भए । त्यसैगरी अन्तर्राष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा, नेपालकी संस्कृति आचार्य प्रथम, श्रेया जैन द्वितीय र प्रसन्न श्रेष्ठ तृतीय भएका छन् ।