site stats
बाह्रखरी :: Baahrakhari
कला
चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डीसी

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डीसी नियुक्त भएका छन् । 

आज बसेको मन्त्रिपरिषद् बैठकले डीसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । सञ्चार मन्त्रालयले दिनेशसँगै दीपा पाण्डे र राजेश थापाको नाम सिफारिस गरेको थियो । 

भुवन केसीको कार्यकाल साउन ९ गते सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो । 

दिनेश एमाले निकट मानिन्छन् । उनी निर्देशक समाजका पूर्व अध्यक्ष पनि हुन् । उनी चलचित्र निर्देशकसँगै कलाकार तथा सञ्चारकर्मी हुन् । 

चलचित्र विकास बोर्ड चलचित्र क्षेत्रको सर्वोच्च संस्था हो । 
 

यो पनि

 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  २१:०७
प्रतिक्रिया दिनुहोस्