site stats
बाह्रखरी :: Baahrakhari
खेल
काभा महिला भलिबल : नेपाल र इरान भिड्दै

काठमाडौं । काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपालले आज इरानसँग प्रतिस्पर्धा गर्दै छ । खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा नेपाली समयअनुसार साँझ सवा ५ बजे सुरु हुनेछ । 

शनिबार भारतमाथि जित निकालेको नेपाल उच्च मनोबलका साथ इरानसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि नेपालले श्रीलंकालाई सोझो सेटमा पराजित गरेको थियो भने भारतसँग ३–२ को सेटमा विजयी भएको हो । इरान भने भारतसँग पराजित भएको थियो भने माल्दिभ्सँग विजयी भएको छ । 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  ०९:१८
प्रतिक्रिया दिनुहोस्