site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
प्रा. मिश्रको ‘स्ट्रेन्ड नेपाल इन्डिया रिलेसन्स’माथि अन्तरक्रिया 

काठमाडौं । विश्लेषक, निर्वाचन आयोगका पूर्व आयुक्त प्राध्यापक डा. वीरेन्द्रप्रसाद मिश्रको हालै अंग्रेजी भाषामा प्रकाशित पुस्तक ‘स्ट्रेन्ड नेपाल इन्डिया रिलेसन्स’माथि कार्यक्रम संवाद अन्तरगत अन्तरक्रिया सम्पन्न भएको छ ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा कुटनीतिज्ञ प्रा. जयराज आचार्यले आफूले पुस्तकको पाण्डुलिपि पढेको चर्चा गर्दै एउटा संग्रहणीय पुस्तक प्रकाशनमा आएको उल्लेख गरे । पुस्तकले धेरै कुरो बताउने भन्दै आचार्यले भने, “अहिलेका राजनीतिक पार्टीहरूलाई आफ्नो सबैभन्दा ठूलो दुस्मन बुद्धिजीवीहरू नै लाग्छन् ।” 

Argakhachi Cement Island Ad

प्रा. आचार्यले लेखिनुपर्ने धेरै विषय अझै पनि बाँकी रहेकोले अर्को पुस्तक पनि प्रकाशित हुने अपेक्षा गरे ।

अर्का कुटनीतिज्ञ डा. दुर्गेशमान सिंहले नेपाल भारत सम्बन्धमा एउटा राम्रो पुस्तक आएको बताए । उनले खुलामञ्चमा उभिएर गाली गरेर मात्रै नहुने र गम्भीर रूपमा संवाद गर्न सक्नुपर्ने उल्लेख गर्दै यसमा नेताहरू कमजोर भएको बताए ।
पूर्वसभामुख दमननाथ ढुंगानाले अस्थिरतातर्फ गइरहेकोमा चिन्ता व्यक्त गर्दै भने, “भारतसँग यस किसिमको संवाद हुनुपर्यो, जसले दुवै देशलाई फाइदा होस् ।”

ढुंगानाले देशको परराष्ट्र नीतिमा ठूलो परिवर्तन हुनुपर्नेमा जोड दिँदै आर्थिक सामाजिक विकास नभई मुलुक नबन्ने विचार व्यक्त गरे ।

प्रा.डा. मिश्रले आजको राजनीतिक परिस्थिति देखेर यो किताब आएको बताउँदै आफूलाई दर्शनशास्त्रदेखि बाहेक राजनीतिमा खासै मतलब नभएको उल्लेख गरे । 

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  ०८:३८
प्रतिक्रिया दिनुहोस्