
नेपाली साहित्यमा लामो समयदेखि सक्रिय सर्जक हुन्, बिटु केसी । कविता, मुक्तक, गीत लेख्दै आएकी केसीको पछिल्लो क्रियाशीलता गजल लेखनतर्फ छ ।
अमेरिका प्रवासमा हुँदा उनी गजलबाट प्रभावित भइन् । र, गजल लेख्न थालिन् । केसीले केही समयअघि आफ्नो पहिलो गजलकृति ल्याइन्, ‘धीत’ ।
मुक्त लयमा आफूले गजल लेख्दै आएको उनी बताउँछिन् । रदिफ र काफियाको अनिवार्यतालाई प्रस्तुत गर्दै आफूले मौलिक रूपमा गजल लेख्दै आएको उनी सुनाउँछिन् ।
उनी भन्छिन्, “गजल लेख्न कठिन छ, तर कठिन काम गर्नै मजा आउँछ ।”
अमेरिकामा रहँदा एकपटक उनले आफूले सुन्दै आएका प्रसिद्ध गजल गायक जगजीत सिंहलाई भेट्ने मौका पाइन् । “जगजीत सिंह आउने भनेपछि भेट्न पाए हुन्थ्यो भन्ने लाग्यो । र, पछि भेटेँ पनि,” उनले त्यो रोचक प्रसंग सुनाइन् ।
उनै गजलकार केसीसँग बाह्रखरीको यसपटकको गजल गंगामा गरिएको कुराकानी–