site stats
बाह्रखरी :: Baahrakhari
विदेश
जर्मनीमा चक्कु आक्रमणमा १७ जना घाइते, एक महिला पक्राउ

काठमाडौं । उत्तरी जर्मनीको ह्याम्बर्ग सेन्ट्रल स्टेसनमा एक महिलाले चक्कु प्रहार  गरी गरेकी छिन् । स्थानीय समय अनुसार शुक्रबार साँझ ६ बजे भएको आक्रमणमा १७ जना गम्भीर घाइते भएका छन् ।

ह्याम्बर्ग अग्नि नियन्त्रण विभागले आक्रमणमा १७ जना घाइते भएको बताएको छ । प्रहरीले घटनामा घाइते भएकाहरूको यकिन तथ्यांक नभएको बताएको छ ।

Argakhachi Cement Island Ad

ह्याम्बर्ग प्रहरीले घटनास्थलबाट ३९ वर्षीया जर्मन महिलालाई पक्राउ गरेको छ । ह्याम्बर्ग अग्नि नियन्त्रण विभागका प्रवक्ताले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।

आक्रमणकारी महिला मानसिक रूपमा विचलित भएको हुनसक्ने प्रहरी प्रवक्ता फ्लोरियन अबेन्सेथले बताएका छन् । बीबीसी 

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  ०९:५७
प्रतिक्रिया दिनुहोस्