site stats
बाह्रखरी :: Baahrakhari
विदेश
सिन्धु जल सन्धिबारे संयुक्त राष्ट्रसंघमा भारतले पाकिस्तानबारे के भन्यो ?

काठमाडौं । संयुक्त राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि पी हरीशले पाकिस्तानले सिन्धु जल सन्धिको बारेमा गलत प्रचार गरिरहेको बताएका छन् । भारतले संयुक्त राष्ट्रसंघमा सिन्धु जल सन्धि सम्बन्धी पाकिस्तानको आरोपको जवाफ दिएको छ ।

संयुक्त राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि पी हरीशले शुक्रबार एक कार्यक्रममा भने, “पाकिस्तानी प्रतिनिधिमण्डलले सिन्धु जल सन्धिको बारेमा प्रचार गरिरहेको छ । भारतले सधैँ जिम्मेवारीपूर्वक व्यवहार गरेको छ ।” 

Argakhachi Cement Island Ad

उनले पाकिस्तानले आतंकवादी हमला गरेर सन्धिविपरीत आधारभूत सम्झौताहरूको उल्लंघन गरिरहेको बताएका छन् । 

“६५ वर्षअघि भारतले राम्रो नियतका साथ पाकिस्तानसँग सिन्धु जल सन्धिमा हस्ताक्षर गरेको थियो,” पी हरीशले भने, “राम्रो सम्बन्ध र मित्रता यसको आधारभूत भावना थियो । तर, पछिल्लो ६ दशकमा पाकिस्तानले तीन युद्ध लडेर र हजारौँ आतंकवादी हमला गरेर यसको भावनाविपरीत काम गरिरहेको छ ।” 

पी हरीशले चार दशकमा भारतमा आतंकवादी हमलाहरूमा २० हजारले ज्यान गुमाएको बताए । गत महिना मात्र पहलगाममा भएको आक्रमणमा २६ जनाको मृत्यु भएको थियो ।

गत महिना अप्रिल २२ मा पहलगाम आक्रमणपछि भारतले पाकिस्तानसँगको सिन्धु जल सन्धि निलम्बन गरेको थियो । बीबीसी 

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  १३:४३
प्रतिक्रिया दिनुहोस्