site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
देशमा केही भएन भनेर भ्रम छर्ने फेसनजस्तो भयो : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएन भनेर भ्रम छर्ने फेसनजस्तो भएको बताएका छन् । शनिबार (जेठ १०) काठमाडौंमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ काठमाडौं महानगर समितिको प्रथम अधिवेशनमा उनले यस्तो बताएका हुन् ।

अहिले के भएको छ र ? जस्ता भाष्य बनाएर प्रजातन्त्रले के ल्यायो भन्दै प्रश्न गर्ने कार्य भइरहेको उनले उल्लेख गरे । अभिव्यक्ति स्वतन्त्रताको अधिकार कसले दियो ? भन्दै उनले प्रश्न गरे ।

Argakhachi Cement Island Ad

“अहिले एउटा फेसनजस्तो के भयो र ? के भएको छ र ? यो प्रजातन्त्रले के ल्यायो र ? के दियो र भन्छन्,” उनले भने, “त्यो के दियो, के चित्त बुझेन भन्ने अभिव्यक्ति स्वतन्त्रता दिने कसले दियो त भन्दा यही प्रजातान्त्रिक पद्धतिले दिलाएको हो ।”

संघर्ष र बलिदानबाट प्राप्त अधिकारको संरक्षण गर्ने कार्य सबैको भएकामा उनले जोड दिए । उनले नकारात्मक प्रचार गर्ने कार्य भइरहेको भन्दै असन्तुष्टि जनाए ।

“अहिलेको समय खालि नेगेटिभ कुरालाई हाइलाइट गर्ने, अचिभमेन्टलाई केही होइन यो, प्राप्त गरेको कुरा केही होइन भन्ने । प्राप्त गरेको कुरा केही होइन भने के नयाँ प्राप्ति गर्न यो आवाज उठिरहेको छ त ? यतातिर पनि हाम्रो ध्यान जानुपर्छ,” उनले भने ।

उपप्रधानमन्त्री सिंहले जनताको अधिकार सुरक्षित राख्ने विषयमा सबैले ध्यान दिनुपर्ने बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  १५:४३
प्रतिक्रिया दिनुहोस्