site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माघ २२ गते संसद्को हिउँदे अधिवेशन आह्वान गर्न सिफारिस

काठमाडौं । सरकारले संसद्को हिउँदे अधिवेशनको आह्वान गर्न सिफारिस गरेको छ । 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले माघ २२ गते संघीय संसद्को दुवै सदनको बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

Argakhachi Cement Island Ad

“माघ २२ गते अपराह्न ४ बजे संसद् अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भयो,” सरकारकी प्रवक्ता रेखा शर्माले भनिन् ।

यसअघि कार्तिक १६ गते संसद्को बजेट अधिवेशन अन्त्य गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १६:३४
प्रतिक्रिया दिनुहोस्