site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संघीयताबारे छलफल गर्न राष्ट्रियसभा सदस्य आ–आफ्नो निर्वाचन क्षेत्रमा
फाइल तस्बिर ।

काठमाडौं । यही जेठ ११ र १२ गते सातै प्रदेशमा ‘संघीयता सबलीकरणमा राष्ट्रियसभाको जिम्मेवारी, प्रदेश र स्थानीय तहसँग समन्वय र साझेदारी’ विषयमा आयोजना गरिने छलफलमा भाग लिन राष्ट्रियसभा सदस्यहरू आ–आफ्ना प्रदेशतर्फ प्रस्थान गरेका छन् ।

छलफलमा संघीयता कार्यान्वयन, वित्तीय संघीयता, सार्वजनिक सेवा र विकासका बारेमा विचारविमर्श गरिने संसद् सचिवालयले जनाएको छ ।

Argakhachi Cement Island Ad

कोसी प्रदेशमा हुने छलफलको संयोजन कृष्णप्रसाद सिटौला, मधेसमा मोहम्मद खालिद र वाग्मती प्रदेशमा गंगाकुमारी बेलबासेले गर्नेछन् । गण्डकी प्रदेशका निम्ति कमलादेवी पन्त, लुम्बिनीका लागि गोपाल भट्टराई, कर्णालीमा मायाप्रसाद शर्मा र सुदूरपश्चिम प्रदेशमा मदनकुमारी शाहलाई संयोजकको जिम्मेवारी तोकिएको सचिवालयले शनिबार (जेठ १०) जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

सम्बन्धित प्रदेशबाट निर्वाचित राष्ट्रियसभाका सबै सदस्य छलफलमा सहभागी हुनेछन् ।

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल वाग्मती र उपाध्यक्ष विमला घिमिरे लुम्बिनी तथा मनोनीत सदस्य अञ्जान शाक्य कर्णाली प्रदेशको कार्यक्रममा सहभागी हुने जनाइएको छ । रासस

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  १५:२८
प्रतिक्रिया दिनुहोस्