site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बुद्ध एयरद्वारा एक हजार ५४८ किलो राहत सामग्री निःशुल्क ढुवानी
फाइल तस्बिर ।

काठमाडौं । बुद्ध एयरले एक हजार ५४८ किलो राहत सामग्री निःशुल्क ढुवानी गरेको जनाएको छ । 

भूकम्पपछि जाजरकोट र रुकुम पश्चिममा राहत सामग्री निःशुल्क ढुवानी गरेको हो ।

बुद्ध एयरले काठमाडौंबाट नेपालगञ्ज ६५२ किलो र सुर्खेततर्फ ८९६ किलोको राहत सामाग्री निःशुल्क ढुवानी गरेको जनाएको छ । 

यसअघि बुद्धले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा एक करोड सहयोग गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १३:१९
प्रतिक्रिया दिनुहोस्