site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
श्रम स्वीकृति लिएर विदेश जाने घटे, रेमिट्यान्स २२ प्रतिशतले बढ्यो
फाइल तस्बिर ।

काठमाडौं । चालु आर्थिक वर्षको भदौ महिनासम्म विप्रेषण (रेमिट्यान्स) आप्रवाह २२.१ प्रतिशतले वृद्धि भएको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार भदौसम्म दुई खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ रोमिट्यान्स भित्रिएको हो ।

गत वर्षको भदौ मसान्तसम्म विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढेको थियो ।

साउन र भदौमा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत नयाँ अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २८.३ प्रतिशतले कमी आएको छ । स्वीकृति लिने नेपालीको संख्या ७४ हजार ४५५ कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १८.३ प्रतिशतले कमी आइ ३२ हजार चार कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७०.६ प्रतिशतले बढेको थियो ।

 

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १४:३१
प्रतिक्रिया दिनुहोस्