site stats
बाह्रखरी :: Baahrakhari
खेल
होनहार खेलाडी र समीक्षकले नेपालको प्रशंसा गरेको देखियो, गर्व लागेको छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विश्वका दिग्गज खेलाडीहरुले नेपालको प्रशंसा गरेको भन्दै आफू त्यसको प्रत्यक्षदर्शी हुन पाएकोमा गर्व लागेको बताएका छन् ।

एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको प्रतिस्पर्धा हेर्न श्रीलंका पुगेका लामिछानेले बुधबार फर्कने क्रममा विमानस्थलमा आफू गौरवान्वित भएर फर्किएको बताए ।

Argakhachi Cement Island Ad

लामिछानेले त्रिभुवन विमानस्थलमा भने, “संसारभरका क्रिकेटका होनहार खेलाडीहरुले, समीक्षकहरुले नेपालको खेलको प्रशंसा गरे । त्यस्तो क्षणको प्रत्यक्षदर्शी हुन पाएकोमा गर्व लागेको छ ।”

उनले अघिल्लो पुस्ताले नै अहिलेजस्तो खेल्ने सपना देखोको भन्दै त्यो सपना यो पुस्ताले पूरा गरेको बताए । उनले आफू राजनीतिक दलको नेतृत्वमा पुगेको र दल संसद्मा पनि रहेको भन्दै दलले के गर्न सकिन्छ, त्यो गर्ने बताए ।

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १३:३४
प्रतिक्रिया दिनुहोस्