site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रवि लामिछानेको प्रश्न– सदन चल्ने बेलामै किन बार्गेनिङ गरिन्छ ? 
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसद् तोकिएकै समयमा सुरु हुनुपर्ने बताएका छन् । 

आजको बैठकमा उनले चाहिने नेता र सभामुख बसेर पहिल्यै मिलाउन आग्रह गरे । “सदन चल्ने समयभन्दा अगाडि चाहे रात परोस्, चाहे बिहान होस् । देखिएका आवश्यक पर्ने दलका नेता अगाडि नै बैठक बसेर सम्मानित सभामुखमार्फत आएको समयमा किन सदन चल्दैन ?,” उनको प्रश्न छ ।

Argakhachi Cement Island Ad

उनले तीनजना नेता बसेर सदन बस्नु अघि नै किन बार्गेनिङ नगरेको भन्दै प्रश्न पनि गरे ।“तीन जना नेता मिलेर सल्लाह गर्नुपर्ने भए संसद्को समय कहिले सुरु हुन्छ भनेर सूचना जारी भइसकेपछि त्यो समयलाई मध्यनजर राखेर मिल्नुपर्ने कुरा मिल्ने, मिलाउनुपर्ने कुरा मिलाउने पहिल्यै किन गर्न सक्दैनौँ?, ” उनले भने, “हाम्रो आरोपअनुसार यो बार्गेनिङ रातारात बसेर किन गर्न सक्दैनन् । सदन चल्ने बेलामा नै किन गरिन्छ ?”

उनले केही नेता बसेर सदनलाई बन्धक बनाउन नपाइने पनि बताए । सदनको घण्टी बज्नुअघि जे–जे मिलाउनुपर्छ मिलाउन आग्रह गरे । 

“मिलेमतो हो । यो बजेट यथास्थितिमा पास गर्न दिदैनौँ भनेर कराउने सत्तापक्षले खुरुखुरु पास गरे । यसो भए संसद् चल्न दिदैनौँ भनेको थियो त्यसो भएन । संसद् चल्यो ,” उनले भने ।  

उनले संसद्मा जनताको मुद्दामा छलफल हुनुपर्ने बताए ।

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १६:५९
प्रतिक्रिया दिनुहोस्