site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विधेयक अघि बढाउन शिक्षामन्त्रीले मागे एक साताको समय

काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकलाई अघि बढाउन एक साताको समय माग गरेका छन् । 

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा मन्त्री पन्तले समय माग गरेका हुन् । शिक्षकहरूसँगको सहमतिका आधारमा विधेयकलाई अघि बढाउन आफू निरन्तर छलफलमा रहेको उनले जानकारी दिए । 

Argakhachi Cement Island Ad

एक साताभित्र शिक्षकहरूसँग छलफल गरेर त्यसको जानकारी समितिमा गराउने उनले बताए । सरकारको मन्त्रीको हैसियतले शिक्षकहरूसँगको नौबुँदे सहमति कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको उनले बताए । 

शिक्षक महासंघले नौबुँदे सहमतिभन्दा अघि भएका सहमतिलाई पनि छलफल लैजान जोड दिइरहेको उनले जानकारी गराए । 

बैठकमा समिति सभापति अम्मरबहादुर थापाले एकसातापछि बस्ने बैठकमा विधेयकका सन्दर्भमा सरकारको स्पष्ट धारणा ल्याउन निर्देशन दिए । शिक्षकको माग सुनुवाइ नगर्दा आन्दोलन भएको भन्दै अब विधेयक अघि बढाउन ढिलाइ गरे संसदीय समितिविरुद्ध नै आन्दोलन हुने अवस्था सिर्जना नगर्न उनले आग्रह गरे । 

समितिले आगामी जेठ १६ र १७ गते मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थलगत भ्रमण गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १७:०५
प्रतिक्रिया दिनुहोस्