site stats
बाह्रखरी :: Baahrakhari
खेल
सिटीलाई प्रिमियर लिगको उपाधि

काठमाडौं । जारी सिजनको प्रिमियर लिग उपाधि म्यानचेस्टर सिटीले जितेको छ । सिटीले तीन खेलअगावै उपाधि हात पारेको हो । 

गएरातिको खेलमा उपाधि दाबेदार आर्सनल नटिङ्घम फरेस्टसँग १–० ले पारजित भएसँगै सिटीले उपाधि आफ्नो नाम गरेको हो । 

यससँगै सिटीले लिगको उपाधिका ह्याट्रिक गरेको छ । लिग उपाधिमा ह्याट्रिक गर्ने सिटी म्यानचेस्टर युनाइटेडपछि दोस्रो क्लब बनेको छ ।

युनाइटेडले १९९८–२००१ र २००६–२००९ मा लगातार तीनपटक उपाधि जितेको थियो । 

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  ०६:३८
प्रतिक्रिया दिनुहोस्