site stats
बाह्रखरी :: Baahrakhari
देश
विषाक्त च्याउ खाएका तीनजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Argakhachi Cement Island Ad

झापा । विषाक्त च्याउ खाएर बिरामी परेका इलामको माङसेबुङको एकै वडाका तीनजनाको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–५ का ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनीषा लिम्बू र १७ वर्षीया नुमा लावतीको ज्यान गएको हो ।

झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालका सूचना अधिकारी डा. अनुपम घिमिरेका अनुसार, ६ दिनअघि चिया बगानमा उम्रिएको च्याउ खाएका उनीहरू एक्कासि बिरामी परेका थिए ।

मनीषा र नुमाको उपचारका क्रममा मोरङको विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा यसअघि नै मृत्यु भएको थियो । आइतबार (जेठ ११) बीएन्डसी अस्पतालमा लावतीको मृत्यु भएको हो । रासस

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १६:११
प्रतिक्रिया दिनुहोस्