site stats
बाह्रखरी :: Baahrakhari
देश
राजावादीको अराजकता : एकीकृत समाजवादीको कार्यालय आगजनीमा ६५ लाख क्षतिपूर्ति दाबी
Argakhachi Cement Island Ad

काठमाडौं । गएको चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीले गरेको अराजक प्रदर्शनका क्रममा भएको क्षतिपूर्ति दाबीसहित मुद्दा  दायर गरिएको छ ।

उक्त मुद्दामा ६५ जनालाई अभियुक्त बनाइएको छ । त्यस दिन राजवादीले गरेको आगजनी, तोडफोड र लुटपाटमा क्षतिपूर्तिको मागदाबीसहित आइतबार (जेठ ११) जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो ।

नेकपा (एकीकृत समाजवादी)को कार्यालयमा आगजनी गर्नेहरूबाट ६५ लाख २२ हजार ६२५ रुपैयाँबराबरको क्षति भएको भन्दै यो पूर्ति गर्न अभियोगपत्रमा मागदाबी लिइएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १९:१०
प्रतिक्रिया दिनुहोस्