site stats
बाह्रखरी :: Baahrakhari
देश
आगजनी गरिएको साइटेक नेपाल प्रालिको क्षतिपूर्ति तीन करोड दाबी
Argakhachi Cement Island Ad

काठमाडौं । चैत १५ गतेको राजावादी प्रदर्शनमा भएको आगजनीमा एउटै कम्पनीको क्षतिपूर्ति तीन करोडभन्दा बढी अभियोजन भएको छ । 

जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा आइतबार दायर मुद्दामा तीनकुनेस्थित साइटेक नेपाल प्रालिको क्षतिपूर्ति तीन करोड सात लाख ५५ हजार दाबी गरी मुद्दा दायर भएको हो । 
  
काठमाडौंका नयनबहादुर पण्डित क्षेत्रीको घरको फ्ल्याट भाडामा लिएर रवीन्द्र ओझा समेतले चलाएको साइटेक नेपाल प्रालिमा तोडफोड हुन थालेपछि हतारहतार ताल्चा लगाएर भुइँतलामा आई भागेपछि पनि तोडफोड र आगजनी भएको अभियोगपत्रमा उल्लेख छ ।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १९:२०
प्रतिक्रिया दिनुहोस्