देश

काठमाडौं । अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकले राजावादी आन्दोलनका क्रममा आफ्नो कार्यालयमा क्षति भएको भन्दै क्षतिपूर्ति माग गरेको छ । संस्थाका तर्फबाट महाप्रबन्धक मनोज बस्नेतले जाहेरी दरखास्त दिँदै क्षतिपूर्ति माग गरेका हुन् ।
उनले क्षतिपूर्तिको रकम भने उल्लेख गरेका छैनन् । बस्नेतले उक्त आपराधिक कसुर को अनुसन्धान गरी संलग्नहरूउपर कानुनबमोजिम कारबाही गरी हदैसम्मको सजाय माग गरेका छन् ।
“यस कार्यालयको कार्यालय भवन तोडफोड र आगजनी गरे/गराएको आपराधिक कसुर उपर अनुसन्धान गरी संलग्नहरूउपर प्रचलित कानुनबमोजिम कारबाही गरी हदैसम्मको सजाय गरी क्षतिपूर्ति समेत दिलाई पाऊँ,” महाप्रबन्धक बस्नेतको जाहेरी दरखास्तमा उल्लेख छ ।
प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२ २०:१२
प्रतिक्रिया दिनुहोस्