site stats
बाह्रखरी :: Baahrakhari
देश
यार्सा संकलन गर्ने समूहबीच झडप : दुई राउन्ड हवाईफायर
प्रतीकात्मक तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलन गर्न गएका समूहबीच झडप भएको छ । शनिबार (जेठ १०) दिउँसो डोल्पाको ठुरी भेरी नगरपालिका–१, ठाला लेकमा झडप भएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

रुकुम पूर्वको मैकोट गाउँपालिका र डोल्पाको काईके गाउँपालिका तथा ठुली भेरी नगरपालिकाका स्थानीयबीच यार्सागुम्बा संकलनमा सीमा क्षेत्रका विषयमा विवाद भएको थियो । त्यसपछि करिब ६००/७०० जनाको संख्यामा रहेका उनीहरूबीच झडप भएको सशस्त्र प्रहरीले जनाएको छ ।

स्थिति नियन्त्रणमा लिन सुरक्षाफौजले एसएलआरबाट दुई राउन्ड हवाईफायर गरेको सशस्त्र प्रहरीका प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । हाल त्यहाँको अवस्था सामान्य रहेको उनले जानकारी गराएका छन् ।

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  १७:४१
प्रतिक्रिया दिनुहोस्