site stats
बाह्रखरी :: Baahrakhari
देश
रामेछापमा बुहारीको हत्या आरोपमा पक्राउ
प्रतीकात्मक तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । रामेछापमा बुहारीको हत्या आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मन्थली नगरपालिका–१२, सिकराल का ६१ वर्षीय शम्भु बुढाथोकी छन् ।

आफ्नी बुहारी २६ वर्षीया पवित्रा बुढाथोकीको हत्या गरेको उनीमाथि आरोप छ । शुक्रबार (जेठ ९) साँझ उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । 

शम्भुले खुकुरी प्रहार गर्दा पवित्राको मृत्यु भएको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  १७:२२
प्रतिक्रिया दिनुहोस्